बंगलादेशमा सफलतापूर्वक निर्वाचन गराएकोमा प्रधानमन्त्री कार्कीद्वारा बधाई व्यक्त
फाल्गुन १, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक निर्वाचन गराएको भन्दै बधाइ दिनुभएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यहाँको सरकार र जनतालाई शुभकामना व्यक्त गर्नुभएको हो ।
दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी हितका क्षेत्रहरुमा सहकार्य विस्तार गर्न आगामी दिनमा काम गर्न चाहेको प्रधानमन्त्री कार्कीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।








