राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डासहित राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २, २०८२ | काठमाडौं

राजसंस्था र हिन्दू राष्ट्रसहित शासकीय व्यवस्थाको चुनावी एजेन्डा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । प्रदेश खारेजीको मुद्धालाई निरन्तरता दिएको राप्रपाले गैरदलीय स्थानीय तहको बिषय समेत उठाएको छ ।

 संकल्प पत्र सार्वजनिक गर्दै राप्रपाले पृथ्वीपथलाई आफ्नो मार्गदर्शन सिद्धान्तका रुपमा अगाडी सारेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको चाहना र मुलुकको आवश्यकतालाई गणतन्त्रले सम्वोधन गर्न नसकेकाले गल्ती सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।


भूराजनीतिको यथार्थ बुझेर अघि बढ्नुपर्ने राप्रपाको भनाइ छ । राजसंस्था पुर्नस्थापनासहित एजेन्डा लिएर चुनावमा जान लागेको राप्रपा एक मात्र प्रमुख शक्ति हो । अघिल्लो पटकको निर्वाचनमा राप्रपाले प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको थियो । 


प्रतिक्रिया