रास्वपाले दाङमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा गर्दै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज दाङमा आमसभा गर्दैछ । प्रदेशस्तरीय चुनावीसभामा व्यस्त रहेको रास्वपाले आज दाङमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा गर्न लागेको हो । सभाका लागि सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु हिजै सुर्खेतबाट दाङ पुगेका छन् । 

बरिष्ठ नेता बालेन्द्र साह भने अस्वस्थ्य भएपछि काठमाडौं फर्किएको पार्टीका दाङ सभापति विनय घिमिरेले जानकारी दिनुभयो । रास्वपाले धनगढीमा सुदूरपश्चिम र सुर्खेतमा कर्णाली प्रदेश स्तरीय सभा गरिसकेको छ । सुर्खेतकै जनसभामा रास्वपाले हिजो आफ्ना चुनावी वाचापत्र समेत सार्वजनिक गरेको छ । 


प्रतिक्रिया