रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिद्वन्द्वी केपी ओलीभन्दा धेरै अगाडि

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२

काठमाडौँ । गत बिहिबार भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना आउने क्रम जारी छ । 

पछिल्लो ताजा जानकारीअनुसार झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले ३९ हजार २८४ मत प्राप्त गर्नुभएको छ । आफ्ना प्रतिद्वन्द्वीभन्दा २८ हजार ९९१ को फराकिलो मन्तान्तरले शाह अगाडि रहनुभएको हो । यो नतिजासँगै शाहको जित सुनिश्चित देखिएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार २९३ मत मात्र ल्याउनुभएको छ ।


प्रतिक्रिया