मध्यपूर्वमा सैन्य लक्षित गरी आक्रमण गर्न इरानलाई रुसले सघाएको अमेरिकाको दाबी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२

काठमाडौँ । रुसले मध्यपूर्वमा अमेरिकी सेना तथा सैन्य सम्पत्तिमा लक्षित गरी आक्रमण गर्न इरानलाई सहयोग पु¥याएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । मस्कोले क्षेत्रीय द्वन्द्वमा अप्रत्यक्ष भूमिका खेलिरहेको वासिंटन डिसीले दाबी गरेको हो ।

वासिंटन पोस्टले गरेको एक रिपोर्टअनुसार मस्कोले तेहरानलाई अमेरिकाको युद्धपोत र विमानसहित सैन्य सम्पत्तिको स्थानबारे जानकारी प्रदान गरेको छ । गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा संयुक्त हमला गरेदेखि मस्कोले तेहरालाई सघाएको रिपोर्टको दाबी छ । सो कथित सहयोग अमेरिकी–रूसी सम्बन्धको लागि धेरै नाजुक समयमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ । 

रुस–युक्रेन युद्धमा मध्यस्थता गर्न भूमिका खेलिरहेको अमेरिका र रुसबीच यो पछिल्लो घटनाले झनै सम्बन्धमा दरार बढ्ने विश्वास गरिएको छ । 


प्रतिक्रिया