थापाथली र गैरीगाउँबाट विस्थापित ६८ परिवार महानगरको सम्पर्कमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख १२, २०८३ | काठमाडौं

सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । उहाँहरुमध्ये ३४ परिवार १ सय ४१ लाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा पठाइसकिएको छ । 

अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज महानगरले थापाथली,मनोहरा,शान्तिनगर र गैरीगाउँका सुकुमवासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती परिवारहरू व्यवस्थापनका लागि दर्ता प्रक्रियामा आएका हुन् । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी भएको छ । 

होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने बताइएको छ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिने र त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।


प्रतिक्रिया