फेवातालमा बेपत्ता दुई युवाको शव भेटियो

श्रावण २७, २०७३ | पोखरा

 फेवातालमा गत सोमबार बेपत्ता काठमाडौंका दुई युवाको शव आज बिहान भेटिएको छ । प्रहरीको उद्धार टोलीले काठमाडौं चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेट्टाएको हो ।

दुवैजनाको शव हलनचोक घाटनेर भेटिएको वडा प्रहरी कार्यालय बैदामका निरीक्षक मोहनमणी अधिकारीले बताउनुभयो ।

लाइफ ज्याकेट नलागाई डुंगा चढेर शयर गर्ने क्रममा डुंगा डुब्दा उनीहरु बेपत्ता भएका थिए । दुवैको शवलाई पोखरा क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।

फेवाताल पारीबाट डुंगामा सवार ८ जनामध्ये चालकसहित ६ जनाको तत्कालै सकुशल उद्धार गरिएको थियो । 

 


प्रतिक्रिया