कोशीमा पल्टिएको डुङ्गामा सवार ३७ जनाको उद्धार

आश्विन १, २०७३ | सुनसरी

सुनसरीस्थित सप्तकोशी नदिमा पल्टिएकोे डुङ्गामा सवार ३७ जनाको उद्धार गरिएको छ । श्रीलंका टापुबाट प्रकाशपुर बजारतर्फ गईरहेको डुङ्गा सप्तकोशी नदिमा दिउसो साढे १२ बजे पल्टिएको थियो ।

४५ यात्रु बोक्ने क्षमताको डुङ्गामा कति यात्रु सवार थिए भन्ने यकिन नभएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताउनुभयो । प्रकाशपुरमा आज हाट बजार लाग्ने भएकाले पनि डुङ्गामा क्षमता भन्दा बढी यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

अपरान्हबाट भारी बर्षा भएपछि बेपत्ताको खोजी कार्य भने आजलाई स्थगित गरिएको स्थानीय प्रशासनले जनाएको छ । बेपत्ताको खोजीका लागि  १० वटा डुंगा तथा ५० जना प्रहरी परिचालन गरिएको थियो ।

तर ४ बजेपछि भिषण बर्षा सुरु भएकाले नदिमा पानीको बहाब समेत बढेपछि खोजीकार्य प्रभावित भएको  प्रहरी प्रमुख पोख्रेलले बताउनुभयो । 

 


प्रतिक्रिया