होटलमा गोली चलाई फरार रहेका तीन जना पक्राउ

कार्तिक १८, २०७३ | ईटहरी

सुनसरीको तरहरास्थित स्थानीय एक होटलमा भएको गोलीकाण्डमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ । धनकुटाका तोर्ण पौडेल र होटल संचालक जंगमान राईमाथि गोली प्रहार गरि फरार रहेका भोजपुर नेपालेडाडा – ९ का मिसन भनिने हरी विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनका सहयोगी गाइघाटका प्रशान्त कार्की र विराटनगरका अंकित कुमार सिंहलाई समेत पक्राउ गरेको छ । घटनापछि अभियुक्त कार्कीलाई लुकाएको र सिंहले पेस्तोल किन्न सघाएको प्रहरीको आरोप छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, दुईवटा खाली म्याग्जिन, गोली ५ थान, खोका ५ वटा र एउटा छुरी समेत बरामद गरेको छ । 

होटलमा बस्दै आएका धनकुटाका पौडेलसंग आर्थिक लेनदेनका विषयमा विवाद भएपछि उनीमाथि विष्टले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताउनुभयो । 

 


प्रतिक्रिया