जंगली च्याउ खाँदा ६ जना बिरामी

असार ३०, २०७४ | दार्चुला

दार्चुलाको ब्यास गाउँपालिका २ तल्लो दुम्लिङमा जंगली च्याउ खादा ६ जना बिरामी परेका छन् । बिरामीमध्ये दुई जनाको अवस्था गम्भिर छ । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा तैसी बुढाथोकी, मातु बुढाथोकी, चादनी बुढाथोकी, करवीरसिंह बुढाथोकी, दानसिंह बुढाथोकी र नविन बुढाथोकी बिरामी परेका हुन् ।

करवीरसिंह र चादनीको अवस्था गम्भिर रहेकाले उपचारका लागी जिल्ला अस्पताल ल्याएको स्थानीय विक्रम बुढाथोकीले बताए । हिजो दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरुले वान्ता गर्न सुरु गरेको र केहि समयपछि बेहोस हुन थालेपछि गाउँबाट अस्पताल टाढा भएपछि गाउँमै घरेलु उपचार गरेको उनको भनाई छ ।

दुई जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागी जिल्ला अस्पताल ल्याएको स्थानीयले जनाकारी दिए । गम्भिर अवस्थाका चाँदनी र करवीरसिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया