अर्घाखाँची : जीप दुर्घटनामा एकको मृत्यु , दुई जना घाइते
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2017/natural-disaster/download-04072017103711.jpg&w=700&height=600)
श्रावण ५, २०७४ | अर्घाखाँची
अर्घाखाँचीको पटौटी कुडापानीमा भएको जीप दुर्घटनामा चालक पाल्पा रैनादेवी छहरा, ४ धजाबान्नेका ३९ वर्षिय तारा वहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका खत्रीको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीधनी पाणिनी गाउँपालिका मैदानका लेखबहादुर रास्कोटी र मैदानका टिकाबहादुर रास्कोटी घाइते भएका छन् । उनीहरुको पाल्पा तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका, ६ अमजाबाट वुटवलतर्फ गएको लु १ ज १७९५ नम्बरको जीप सडकदेखि करिब ५० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।