पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

श्रावण १८, २०७४ | पोखरा

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शिलन्यास भएको साढे १६ महिनापछि आज सुरु भएको छ । पर्यटन मन्त्री जितेन्द्रनारायण देवले आज एक कार्यक्रमबीच विमानस्थल निर्माणको काम सुभारम्भ गर्नुभएको हो । सो क्रममा मन्त्री देवले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल/ निर्माणपछि देशको समृद्धि र विकासमा योगदान दिने कोशेढुंगा सावित हुने बताउनुभयो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बिमानस्थल चीनको एक्जिम बैंकको करीव २२ अर्ब रुपैयाँ ऋणमा निर्माण हुने भएको छ । अबको एक वर्षमा डिजाइनिङ चरण रहने र १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । आयोजनास्थलमा अहिले कार्यालय, निवास, खानेपानीलगायतका पूर्वाधारको काम सुरु भएको छ ।

इपिसी मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेशनको मापदण्ड अनुसार ‘४ डी’ विमानस्थल बन्न लागेको हो । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पोखरामा कुनै समस्या नदेखिएकाले विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभयो । 


प्रतिक्रिया