कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार

मंसिर २, २०७४ | गोरखा

- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा तनहुँमा बम प्रहार भएको छ ।

गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा उहाँ सवार गाडीमा वम प्रहार भएको हो । मानवीय क्षति नभएपनि बमको छर्रा लागेर पौडेलको गाडीमा भने क्षति पुगेको छ ।

बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेका एकजना प्रहरी घाइते भएका छन् । नेता पौडेल भने गाडीको अगाडिको सिटमा बस्नु भएको थियो । गाडीमा चालकसहित ८ जना सवार थिए ।   प्रहरीका अनुसार, पौडेल सवार गाडीमा प्रेसर कुकर बम प्रहार भएको हो । 

यसअघि नेता पौडेल, लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नयाँ शक्तिका बाबुराम भट्टराई र कांग्रेस महामन्त्री शशांक कोइरालाले सम्बोधन गनुभएको थियो ।   

 


प्रतिक्रिया