मतपेटिका बोकेको गाडी लक्षित बम बिस्फोट

मंसिर २२, २०७४ | डडेल्धुरा

-  डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिकाको मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ ।  मतपेटिका सदरमुकाम लैजाने क्रममा बाटोमा बिस्फोट भएको हो । बिस्फोटबा कुनै क्षती भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समुहले राखेको बम बिस्फोट भएको हो । बिहान साढे ८ बजेको समयमा बम बिस्फोट भएको हो । मत पेटिका बोकेर आएका गाडी पुग्नुअघि नै बम बिस्फोट भएको प्रहरीले बताएको छ । 

मुख्य निर्वाचन अधिकृत डा. रमेशराज रिजालले जिल्लाको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउपालिकाबाट मात्रै मत पेटिकाहरु सदरमुकाम पुग्न बाँकी छन । उहाँका अनुसार दिउँसो १ बजे भित्र मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचनको कार्यालयमा पुर्‍याउने छन् ।

‘मतपेटिका  आईपुगेपछि सर्वदलिय बैठेक बस्ने छ’ उहाँले भन्नुभयो, ‘३ बजेतिर मतगणना शुरु हुन सक्छ ।’

 जिल्लाभर ८१ हजार ७ सय मतदाताहरुमा ६५ प्रतिशत मात्रै मत खसेको छ । 

 


प्रतिक्रिया