अर्घाखाँचीको मथुरामा चुनाव भोलि

मंसिर २२, २०७४ | अर्घाखाँची

-  मतपेटिका तोडफोड भएपछि स्थगित भएको अर्घखाँचीको मथुरा नन्दराम आधारभूत विद्यालयको मतदान स्थलमा पुन: शनिबार मतदान हुने भएको छ । यहाँ दुई मतदान केन्द्र छन । केन्द्र ‘ख’ का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नै नगरी मतपत्र दिएपछि कर्मचारी र मतदाताबीच केहीबेर भनाभन भएको थियो ।

त्यसपछि आक्रोशित मतदाताले मतपेटिका तोडफोड र मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो । २ हजार ४४ मतदाता रहेको उक्त केन्द्रमा करिब ५ सय मत खसेको अनुमान गरिएको छ । 

शनिबार चुनाव हुने सदरमुकाम नजिकैको मतदान केन्द्रमा शुक्रबार देखि नै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो ।

हस्ताक्षर बिनाको मतपत्र मतदातालाई दिएको अधिकारीले स्वीकार गर्दै गल्ती भएको स्वीकार्नुभयो ।  जिल्लामा ६३ प्रतिशत मत खसेको छ । मथुरामा चुनाव भएपछि बल्ल मतगणना गरिने भएको छ । सबै मतपेटिका सदरमुकाम आइसकेका छन् । 

 


प्रतिक्रिया