गोरखा क्षेत्र नं २ ‘क’ मा नयाँ शक्तिका आचार्य विजयी

मंसिर २३, २०७४ | गोरखा

-  गोरखा क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा नयाँ शक्ति नेपालका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन् । ३ हजार २ सय ७८ मतको अग्रताले उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आचार्यले १५ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कमला नहर्कीले १२ हजार ६५ मत पाएकी छिन् । माओवादीको शसस्त्र विद्रोहमा सहभागी दुवै उम्मेदवार पूर्व सहयोद्धा हुन् । 

३९ वर्षीय आचार्य बावुराम भट्टराईसँगै माओवादी छाडेर नयाँ शक्तिमा आवद्ध भएका थिए । हाल उनी नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य छन् । आचार्य पनि भट्टराईको जन्मथलो खोप्लाङका बासिन्दा हुन् । पालुङटार र गोरखा नगरपालिकाको केहि वडा समेटिएको उक्त प्रदेश नयाँ शक्तिको पकट क्षेत्र मानिन्छ । एसएलसी सम्मको शैक्षिक योग्यता हासिल गरेका प्रदेश सदस्यमा विजयी आचार्य २०५४ सालमा सशस्त्र विद्रोहमा सामेल भएका थिए । 

२९ हजार एक सय २६ मत खसेको उक्त प्रदेशमा एक हजार ६७ मत बदर भएको छ । उनी विजयी भएपनि आधिकारिक घोषणा भने गर्न बाँकी छ । 

 


प्रतिक्रिया