डडेल्धुरा 'क ' बाट प्रदेश सभामा एमालेका बोहरा विजयी

मंसिर २३, २०७४ | डडेल्धुरा

-  डडेल्धुराको प्रदेश क तर्फको निर्वाचन क्षेत्रबाट वाम गठवन्धनबाट एमाले उम्मेदवार पठानसिंह बोहरा निर्वाचित भएका छन् । उनले  १३ हजार ५ सय ६५ मत प्राप्त गरेका छन् । निकट्त प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् । 

कुल ४० हजार ४० मतदाता सख्या रहेको प्रदेश नम्बर क बाट २६ हजार २ सय १५ मत खसेको थियो । जसमध्ये  २५ हजार १ सय ७१ मत सदर र १ हजार ४४ मत बदर भएका थिए । बोहराले मतगणनाको शुरुवात देखि नै अग्रता कायम गर्दै आएका थिए ।  प्रदेश क अन्र्तगत जिल्लाको बहसख्या जनसख्या बसोवास गर्ने भित्रि मधेसको परशुराम नगरपािलका, आलिताल सहित भागेश्वर गाउँपालिका पर्छन । 

 


प्रतिक्रिया