सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री देउवा

पुस ११, २०७४ | चितवन

प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर रहेको बताउनुभएको छ । सौराहामा १४ औं चितवन हात्ती महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो ।

देउवाले भन्नुभयो – लामो संक्रमणकाललाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरबाट विश्वास हुने किसिमबाट सम्पन्न गर्दै शाचन्तिपूर्ण लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको छ । मुलुकको संक्रमणकालको समाधानका लागि नेपाली कंग्रेस सफल भएको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । देउवाले भन्नुभयो – पार्टीको फाईदा बेफाईदा नहेरी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्न सफल भएको छ । 

संक्रमणकाललाई निकास दिनका लागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचत शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गर्नुभयो । मुलुकमा पर्यटकको संख्यामा वृद्धिका लागि गरिएका कार्यक्रम फलदायी हुनेमा आशावादी रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

मुग्लिन नारायणगढ सडकखण्ड, बाढी र भुकम्पका कारण परेको असरबाट पर्यटन व्यवसाय माथि उठ्ने प्रधानमन्त्रीले विश्वास ब्यक्त गर्नुभएको छ । 

 


प्रतिक्रिया