नारायणगढ–मुग्लिन सडक ४ दिनका लागि खुल्ला

पुस २९, २०७४ | चितवन

 -   स्त्तारोन्नतीको क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि ४ दिन यातायात सञ्चालन खुल्ला गरिएको छ । सडक निर्माणका लागि भन्दै रातको समयमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाएको नारायण–मुग्लिन सडक आयोजनाले माघे संक्रान्तिलाई लक्षित गरी चार दिन यातायात सञ्चालन अनुमति दिएको हो ।

सो सडक खण्ड हुँदै तिर्थालु माघे संक्रान्ति नुहाउन देवघाट जाने भएकाले यातायतको अनुमति दिईएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । पुष १८ गते देखि सो सडकमा राती १० देखि बिहान ४ बजे सम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

इन्जिनियर खनालले माघ २ गते रातीबाट सञ्चालनमा पुन: रोक लगाईने जानकारी दिनुभयो । दिउँसोको समयमा सडक पिच गर्ने काम भएपनि यातायात सञ्चालनका लागि भने समस्या नहुने आयोजनाको भनाई छ । खनालका अनुसार अहिलेसम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।  

 


प्रतिक्रिया