सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

वैशाख १४, २०७५ | धनगढी

काठमाडौंबाट धनगढीतर्फ उडान भरिरहेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । आज दिउँसो काठमाडौंबाट उडको सौर्यको जहाजमा धनगढी विमानस्थलमा अवतरण गर्नु पहिले अकाशमा चरा ठोक्किएको हो । अवतरण गर्नु अघि जहाजको अघिल्लो भागमा सानो चरा ठोक्किएको एयरलाइन्समा धनगढीस्थित स्टेशन म्यानेजर नवजीत केसीले बताउनुभयो । तर, जहाज अवतरणमा कुनै समस्या सिर्जना नभएको उहाँले बताउनुभयो ।

चरा ठोक्किएकाले काठमाडौंबाट इन्जिनियर बोलाएर जहाजको जाँच गरिएको उहाँले बताउनुभयो । जहाजमा कुनै समस्या नदेखिएपछि धनगढीबाट यात्रु बोकेर जहाज काठमाडौंका लागि उडेको उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया