कर्णाली रिभरका अध्यक्ष शाह पक्राउ

वैशाख २१, २०७५ | धनगढी

सार्वजनिक यातायात सञ्चालनमा अवरोध पुर्‍याएको आरोपमा कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरज बहादुर शाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली रिभरको धनगढी कार्यालयबाट अपराह्न ३ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख बिनोद शर्माले बताउनुभयो ।

सार्वजनिक सवारी साधन नचालउने समितिहरुका अध्यक्षलाई नियन्त्रण लिने योजना कर्णाली रिभरका शाहलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सेती महकाली बस ब्यवसायी समिति अध्यक्ष पदम सापकोटा जिल्ला बाहिर उपचारमा रहेको र मालिकाका अध्यक्षको फेला अझै फरार छन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढीबाट सेतीमहाकाल बस ब्यवासायी, मालिका बस र कर्णाली रिभर यातायातका बसहरु सञ्चालित छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा समितिहरुले सार्वजनिक बसहरु बन्द गरेका हुन् । सार्वजनिक बसहरु बन्दले यात्राहरु शुक्रवार मर्कामा परेका छन् ।  प्रदेश ७ को अस्थायी राजधानी धनगढीबाट पूर्व र पहाडी रुटमा चल्ने बसहरु बन्द भएका छन् ।

जिल्ला र  कामका लागि  भारत जाने र घर फर्कनेहरु धनगढीको बसपार्कमा अलपत्र परेका छन् ।  

कैलालीका प्रहरी उपरिक्षक बिनोद शर्माले यात्रुहरु मर्कामा पर्न नदिनका लागि स्कटिंगमा  केही गाडीहरु छोटो दुरीको गन्तब्य तर्फ पठाएको जानकारी दिनुभयो । 

 


प्रतिक्रिया