पलाता गाउँपालिका पहिलो प्राथमिकता पूर्वाधार विकास

असार १३, २०७५ | थिर्पू (कालिकोट)

कालिकोटको पलाता गाउँपालिकाले भौतिक पूर्वाधार अन्र्तगत सडकलाई पहिलो प्राथमितामा राखेको छ । सडक सञ्जालले नछोएको पलाताका सबै वडामा दुई वर्ष भित्र सडक पुर्‍याउने प्रतिबद्धता सहित बजेट विनियोजन गरेको जनाउँदै सडकलाई पहिलो प्राथमितामा राखेको हो । सदरमुकाम मान्मबाट २३ कोष टाढा पर्ने खीन, २१ कोष टाढाको धौलागोह सहितका सबै वडामा सडक मार्फत समृद्धि ल्याउन सडकमा बढी लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

केन्द्र विवाद रहेको पलाताका जनप्रतिनिधिहरु बीचको एकता जरुरी रहेको ठहर गर्दे गाउँपालिकाले यस वर्ष एकता नै विकास र समृद्धिको आधार : युवा रोजगार र स्वामित्व सरोकार नारा तय गर्दै आत्मनिर्भर पलाता बनाउन उत्पादनमा जोड दिने नीति लिएको छ । 

वर्षेनी सुख्खा खडेरीले खाद्य संकट, खानेपानीको अभाव, शिक्षा, स्वास्थ्य र पोषणमा कमजोर रहेको पलाता अन्र्तगतका थिर्पू, धौलागोह र खीनका बासिन्दालाई विकास प्रक्रियामा सहभागी गराई अपनत्व बोध सहित पलाता निर्माणमा सक्रिय गराउन एक सय युवालाई वर्षभरि नै निर्माण प्रक्रियामा संलग्न गराउने नीति गाउँपालिकाले लिएको छ । 

‘पलाता समृद्धिको अभियान सुरु गरेका छौ ।’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भन्नुभयो, ‘पलातका सबै युवालाई गाउँमै रोजगारी दिन पलाता युवाहरुलाई समेटेर पलाता निर्माण कार्य दल गठन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘प्रति युवा मासिक २४ हजारका दरले मासिक तलब दिएर निर्माणमा संलग्न गराइसकेका छौ ।’ उहाँकाअनुसार पलातका ९ वटै वडामा १० जनाका दरले ९० जना र १० जना अध्यक्षले छनोट गरेका गरी १ सय जना युवाका लागि वािर्षक २ करोड ९० लाख विनियोजन गरेको छ भने थप युवाका लागि प्रदेश र संघीय सरकारसग बजेट माग गरिने छ ।’

चरम खानेपानी अभाव रहेको पलातामा एक घर एक धारा, एक बस्ती एक टंकी र एक गाउँ एक आयोजना अवधारणा सहित ३ वर्ष भित्र सबै घरमा खानेपानी पुर्‍याउने लक्ष्य सहित योजना निर्माण गरिएको र साझेदारीका लागि राष्टिय अन्तर्राािष्टय गैरसरकारी संस्थासग सहकार्य गर्ने जनाएको छ । पलाताले गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षक विद्यार्थीको दोहोरो हाजिरी प्रणाली राख्ने, विना दरबन्दी निजी स्रोतमा चलिरहेका विद्यालयमा शिक्षक दरबन्दी श्रृजना गर्ने, निजी स्रोतका शिक्षकलाई गाउँपालिकाले तलब बेर्होने जस्ता विषय नीति तथा कार्यक्रम तथा बजेटले समेटेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कस्माले बताउनुभयो ।

गाउँपालिकाले बालबालिकामा लगानी बृद्धि गर्दै दक्ष नागरिक बनउन बालमैत्री स्थानीय शासन अवधारण अन्र्तगत बालबालिकाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास सहितका ३९ वटा सूचक पूरा गर्ने वाचा पनि गरेको छ । त्यसैगरी स्वास्थ्य सेवालाई सुलभ बनाउन पालिकाले ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन सुरु गरिसकेको दाबी गरेको छ ।

जिल्लामै सबैभन्दा बढी कुपोषणको समस्या रहेको पलातामा खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिंदै एक घर एक करेसाबारी, खाद्य आनीबानीमा सुधार गर्दै स्थानीय परिकारको प्रर्वद्धन गर्ने नीति पनि पलाताले लिएको छ । गाउँपरिषदले महिला सशिक्तकरणका लागि साक्षरता सहितका आर्य आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो । सबै क्षेत्रमा पछि परेका महिलालाई विशेष कार्यक्रम ल्याएका छौ ।’ निरक्षर उपाध्यक्ष न्यौपानेले भन्नुभयो, महिला दिदी बहिनीलाई विकासमा अग्रसर गर्न साक्षरता कक्षा, आय आर्जनका क्रियाकलाप अन्र्तगत सीप विकासका कार्यक्रम छन् ।’ 

१० लाख मात्र आन्तरिक राजश्व उठ्ने पलातामा विकास बजेटका लागि संघ र प्रदेश सरकारमा निर्भर रहनुपर्ने अवस्था छ । नेपाल सरकारको शशर्त अनुदान १० करोड ५५ लाख, वित्तीय समानीकरण अनुदान ९ करोड २७ लाख, नेपाल सरकारको राजश्वबाट रु ६ करोड ७ लाख ६२ हजार, प्रदेश सरकारको समानीकरण अनुदान वापत ५० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु १ लाख ६७ हजार र गाउँपालिकाको अनुमानित संकलित राजश्व १० लाख गरी कुल २६ करोड ४१ लाख ३१ हजार बजेट गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि मंगलबारदेखि सुरु भएको प्रथम गाउँ सभामा पेश गरेको छ । 

गाउँ सभा उद्घाटमा पुगेका जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले पलाताको समृद्धिका लागि स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताउनुभभयो । अर्का नेता अन्नन्त विश्वकर्माले पलातालाई पिछडिएको क्षेत्रको रुपमा मात्र चित्रित गएको गुनासो गर्दै सबै क्षेत्रबाट लगानी बृद्धि गरिनुपर्ने धारणा राख्नुभयो ।

शिक्षक महासंघका प्रतिनिधि मानबहादुर रोकायाले गाउँपालिकाले ल्याएका नीति कार्यक्रम सकारात्मक भए पनि आस्थाको आधारमा शिक्षक सरुवाको त्रास देखाइएको गुनासो पोखे ।

विप्लव समुहका नेता अनरुप विश्वकर्माले गाउँपालिकाले दलालीकरण र भ्रटचारलाई बढवा दिएको आरोप लगाउँदै विकास निर्माण लगायतका काममा पक्षपात भएको दुखेसो पोखे । उनले ठूला योजनामा लगानी गर्नुपर्ने जनाउँदै माग पत्र पनि पेश गरे । 


प्रतिक्रिया