धनगढीमा पनि उर्लियो कांग्रेस

श्रावण १५, २०७५ | धनगढी

नेपाली कांग्रेसले सरकारको विरोधमा देश ब्यापी रुपमा आयोजना गरेको विरोध सभा प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि गर्‍यो । सत्ताबाट बाहिएपछि प्रदेश– ७ को प्रमुख शहरमा पहिलो पल्ट सडकमा पहिलो पल्ट ठूलो जनमानस सडकमा उर्लिएको हो । धनगढीको चौराहाबाट शुरु भएको काग्रेस समर्थकहरुको विरोध जुलुसले करीब एक किलोमिटर लामो सडक ढाक्ने प्रर्दशन गरेको छ ।

उक्त जुलुस धनगढीको मुख्य चोक प्रदेश संसद भवन अगाडि कोण सभामा प्रणित भयो । उक्त सभाका प्रमुख प्रवक्ता नेपाली कांग्रेसका नेता रमेश लेखकले सम्बोधन गरे । उनले सरकारको अधिनायकवादी चरित्र उन्मुख भईरहेकोले यसलाई रोक्न कांग्रेस सडकमा उत्रिनु परेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारको जनविरोधी र संविधान मर्म विपरीतका गतिविधि र क्रियाकलाप समेत गरिहेको आरोप लगाउनुभयो । विरोध सभामा स्थानीय नेता गोविन्द राज जोशी, दीर्घराज भाट, चन्द्रसिंह भट्टराईले आफनो मनतब्य राखेका थिए । नेता भाटले जनताका साझा तथा गम्भीर मुद्दा र विषयको डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनलाई ख्यालठट्टा सम्झेको बताउनुभयो ।

‘यो अधिनायकवादी सरकारले गरेका जनविरोधी कृयाकलापको विरोधमा कांग्रेस उत्रिंदा झिनामिसिना कुरा गर्छ’ उहाँले भन्नुभयो, ‘काग्रेस संगै कुनै मुद्दै छैन भन्ने गर्छ । अधिनायक वादलाई के थाहा ? सत्याग्रहमा कत्रो तागत हुन्छ ।’ उहाँले  सत्याग्रहबाट अग्रेजको विश्व कब्जा गर्ने शासन ब्यवस्था भारतबाट ढलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ डा. गोविन्द के.सीको  सत्याग्रहलाई कमजोर ठान्ने यो सरकारको अधिनायकवादी चरित्र उदाग्यो भएको छ ।’ 

कांग्रेसको देशब्यापी आन्दोलन कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न भागबाट कांग्रेसजनहरु आएका थिए । सभाको सभापतित्व नेपाली काग्रेस कैलालीका अध्यक्ष नरनरायण शाहले गरेका थिए । 


प्रतिक्रिया