वडा कार्यालयद्वारा नि: शुल्क सेवा

भाद्र ११, २०७५ | नेपालगञ्ज

बाँकेको खजुरा गाउँपालिका ४ नम्बर वडाले विभिन्न सेवा दिएवापत शुल्क नलिने भएको छ । घटना दर्तासंगै अन्य सिफारिस नि: शुल्क गरिरहेको वडा अध्यक्ष तिल कविर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराई दर्ता वडा कार्यालयले नि: शुल्क गरिरहेको छ ।

त्यस्तै, स्वास्थ्य सम्बन्धी, अपाङ्ग, वैदेशिक रोजगार सिफारिस पनि नि: शुल्क गरिरहेको वडा कार्यालयले जनाएको छ । केही स्थानीय तहले धेरै शुल्क लिएको भएपनि सबै स्थानीय तहलाई एउटै रुपमा नहेर्न उहाँको आग्रह  छ ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले पार्किङ शुल्क नलिने निर्णय गरेको छ । उपमहानगरले यसअघि सडकमा पार्किङ गरे वापत सर्वसाधारणसंग शुल्क लिने तयारी गरेको थियो । हाललाई भने भने पार्किङ शुल्क नलिने निर्णय गरिएको उपमहानरले जनाएको छ । नगरका ५० ठाउँमा पार्किङस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो । तर, नगरबासीबाट त्यसको विरोध भएपछि शुल्क नउठाउने निर्णय गरेको हो । 

 


प्रतिक्रिया