प्रसाद ग्रहण गर्ने क्रममा दुई समूहबीच झडप

भाद्र १६, २०७५ | अर्घाखाँची

पर्यटकीय स्थल अर्घाखाँचीको नरपानीमा प्रसाद ग्रहण गर्न पुगेका दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् । पिकनिक स्पोट्समा कपिलवस्तुको चार नम्बरबाट आएको र सन्धिखर्कबाट गएको सूुहबीच सामान्य भनाभनले उग्ररुप लिएपछि दुई घण्टासम्म दोहोरो झडप भएको प्रहरीले जनाएको छ । दुई जना सामान्य छन् ।

अरु दुई जना शेरसिंह खनाल र महेन्द्र बञ्जाडे सन्धिखर्क अस्पतालमा भर्ना भएका छन् । घाइते सन्धिखर्क पक्षका हुन् । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा बोका चढाएपछि नरपानी ल्याएर प्रसाद ग्रहण गरिन्छ । दैनिक यहाँ तीर्थालुको भीड हुन्छ । 

प्रहरीका अनुसार मदिराले मत्तिएका दुबै पक्षबीच पानीकै विषयमा दिउँसो सामान्य भनाभन भएको थियो । त्यसपछि झडप भएको हो । दुई घण्टापछि प्रहरीले भीड नियन्त्रण गरेको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र प्रहरी नायव उपरीक्षक नवराज मल्लको सहितको सुरक्षाकर्मीले भीड नियन्त्रण गरेको हो ।

स्पोर्टसमा नजिकै दुबै समूले प्रसाद ग्रहण गरिहेका थिए, मदिराले मत्तिएपछि एकले अर्काेको भान्सामा पानी फालाफाल भएपछि भडप भएको मल्लले बताउनुभयो । झडपमा संलग्न रहेका चार नम्बरबाट आएका १४ जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । दुबै पक्षबीच बसेर छलफल गरेर विवाद मिलाइने मल्लले बताउनुभयो ।  


प्रतिक्रिया