विश्वकर्मा पूजाको अवसरमा जनकपुरमा कलश यात्रा (फोटो फिचर)

आश्विन १, २०७५ | जनकपुर

प्रविधि, यन्त्र र औजारहरुको पूजा गरी भगवान विश्वकर्माको सम्झनामा सोमबार जनकपुरमा कलश यात्रा गरिएको छ । विश्वकर्मा भगवानको पूजा गरी पूण्य प्राप्त गर्ने उदेश्यका साथ नरनारीले थाप्लोमा माटोको घैला बोकेर बजार परिक्रमा गरे ।

जनकपुरको परिक्रमा सडक, मिल्सएरिया, भानुचोक, कदम चोक, मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक हुँदै बजारपरिक्रमा गरी विश्वकर्मा बाबाको मन्दिरमा जलचढाएर भक्तजनहरुले पूजाआजा गरे ।

कलकारखाना, उद्योगधन्दा, मोटरग्यारेज, सवारीसाधन लगायत सम्पूर्ण यन्त्र उपकरणको पूजा गरी यसबाट भाग्योदय होस् भन्ने कामना गर्ने चलन छ । नेपालमा हरेक वर्ष भाद्र शुक्ल प्रतिपदा अर्थात असोज १ गते धुमधामसँग विश्वकर्माको पूजा गर्ने चलन छ ।  

 

 


प्रतिक्रिया