बाँके राष्ट्रिय निकुञ्जमा २१ पाटे बाघ

आश्विन ९, २०७५ | नेपालगञ्ज

मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको आठ वर्षमा पाटे बाघको संख्या २१ पुगेको छ । पछिल्लो पाँच वर्ष यता निकुञ्जमा बाघको संख्या अत्याधिक बढेको हो । बाँके निकुञ्जका अनुसार गत वर्ष भएको पछिल्लो गणनामा १७ बाघ बढेको पाइएको छ ।

सरकारले उक्त निकुञ्ज ०६७ बैशाख ३० गते घोषणा गरी असार २८ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । सन २०१२ मा गरिएको गणनाका क्रममा निकुञ्जमा पाटे बाघ पाइएको थियो । सुरक्षित बासस्थान, चोरी शिकारी नियन्त्रण, प्रर्याप्त आहराको ब्यवस्थापन भएपछि थोरै समयमा बाघ बढेको निकुञ्जले जनाएको छ ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार संरक्षणपछि बाघको संख्या बढेको जानकारी दिनुभयो । निकुञ्जले बाघको संख्या बढाउन चोरी शिकारी नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । मध्यवर्ती क्षेत्रका युवाहरुको सुरक्षा दास्ता नै बनाइएको छ ।

निकुञ्ज सुरक्षामा खटिने युवा दास्ताका अगुवा कृष्ण चौधरीले स्थानीयहरुले संरक्षणमा निकै ठूलो योगदान पुर्‍याएको जानकारी दिनुभयो ।

 


प्रतिक्रिया