कालिकोटमा किशोरीमाथि सामुहिक बलात्कार

आश्विन १२, २०७५ | काठमाडौं

- कालिकोटको खाडाँचक्र ९ धिमुमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । सदरमुकाम मान्मबाट ३० किलोमिटर दुरीमा रहेको खाडाँचक्र नगरपालिका ९ स्थित पाखाको धिमुमा धिमाल देवताको पैठ (जात्रा) हेरेर एक्लै घर फर्किने क्रममा बाटो ढुकेर बसेका १० जनाको समुहले १९ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

स्थानीय जनज्योति माविमा कक्षा १० मा अध्ययनरत किशोरीलाई बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । २ जना फरार छन् । पक्राउ पर्नेमा खाडाचक्र १० चौकी गाउँका १८ बर्षीय सर्जन विक, २० बर्षीय पर्व विक, १८ बर्षीय गोर्ख विक छन् ।

यस्तै, वडा नं ९ पाखाका २२ बर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास विक र २० बर्षीय हर्ष विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

कालिकोटमा एक महिनामा बलात्कारका ३ वटा घटना भएका छन् । 

 


प्रतिक्रिया