स्वर्णलिपि पुस्तकसहित तीन पक्राउ

आश्विन १९, २०७५ | दोलखा

– तिब्बती भाषाको स्वर्णलिपि पुरातत्व महत्वका पुस्तकसहित तीन जनालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ । प्राचीन गुम्बामा पाइने सुनका जलप अंकित अक्षरहरु भएको लामा पुस्तक आकारका ४९ थान छालाका वस्तुलाई भीमेश्वर नगरपालिका ३ का शिवहरी थापाले बोकी हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीसहित सोही वडाका टेकबहादुर थामी र उद्धव गौतमले मिलेर पुरातात्विक महत्वको वस्तु विक्री वितरण गर्न बोकी हिडेको दावी गर्दै मुद्दा चलाइएको छ ।

सो वस्तुको मुल्य प्रतिगोटा ४० हजार रुपैयाँका दरले १९ लाख ५० हजार पर्छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत पुरातात्विक महत्वको वस्तुहरु किनमेल, ओसारपसार गरेकाले मुद्दा चलाइएको प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले बताउनुभयो । 

 


प्रतिक्रिया