सालकको खपटा सहित एक पक्राउ

कार्तिक १४, २०७५ | दोलखा

संरक्षित वन्यजन्तु सालकको खपटासहित एक जनालाई दोलखाबाट प्रहरीले पक्राउ गरेको छ । सालकको खपटा सहित रामेछाप गोकुलगंगा गाउँपालिका ५ का २० वर्षीय प्रल्हाद खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट दुई किलो ६ सय ग्राम ओखटोपहार र दुई वटा मोटरसाइकल प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ । 

बा ९१ प ५८४४ र बा ८३ प २११९ नम्बरको मोटरसाइकलमा सवार तीन जना भने फरार भएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताउनुभयो । 


प्रतिक्रिया