सभापति देउवाद्वारा केन्द्रीय समिति बैठक आह्वान

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७५ | काठमाडौं

पार्टीमा आन्तिरक द्वन्द्व बढिरहेको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्रको एकता मजबुद बनाउन र पार्टीको भावी कार्ययोजना बारे छलफल गर्न भन्दै देउवाले आगामी शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु समेतलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

बैठकमा पार्टीको विधान, आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक र नेविसंघको महाधिवेशन लगायतका विषयमा समेत छलफल हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया