सरकारको गेयर बदलेर अघि बढौं : अध्यक्ष दाहाल

मंसिर १, २०७५ | दोलखा

नेपाल कम्युनिष्ट पार्टी नेपाका अध्यक्ष पुष्पकमल दाहालले  मन्त्रीमण्डल हेरफेर हुनसक्ने बताउनु भएको छ । दोलखको चरिकोटमा प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष दाहालले सरकारको गति बढाउन त्यस्तो कदम चाल्नु पर्ने बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले सरकारको गेयर बदलेर भए पनि अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो भाषमा भन्दा यो सरकारको गेयर बदलेर भए पनि अघि बढौ भनेको छु, ।’ 

सरकारले केही सकारात्मक आधारहरु बनाउँदै गएको भएपनि विकासले गति लिन नसकेपछि निरासा पैदा भएको पनि उहाँले बताउनुभयो ।

स्थानीय तहको कर वृद्धिको विषय, विभिन्न जिल्लाबाट कार्यालयहरु विस्थापन भएको विषय केन्द्रमा बहसको विषय बनिरहेको उहाँले बताउनुभयो ।

‘हतरपतरमा काम गर्दा केही उल्टा काम भएका छन,’ उहाँले भन्नुभयो, ‘तीन जिल्लाको लागि एउटा कार्यालय राखिएको कुराले कसरी जनताको घरदैलोमा सरकार छ भन्ने ।’ 

विजेताका लागि तीन लाख रुपैयाँ नगद पुरस्कार राखिएको फुटबल प्रतियोगितामा देशभरका १२ वटा चर्चित टीम र खेलाडी सहभागी छन् ।


प्रतिक्रिया