डडेल्धुरा र दार्चुलाका घाईतेलाई हेलिकप्टर द्धारा उद्धार

मंसिर ७, २०७५ | डडेल्धुरा

डडेल्धुरा रडुवा र दार्चुलाको मालिकार्जुनमा भएको दुर्घटनाका घाईतेलाई सरकारले नेपाली सेनाको हलिकप्टर द्धारा नेपालगञ्ज र काठमाण्डौं ल्याइएको छ । प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले दार्चुलाको ७ जना र डडेल्धुरा  दुर्घटनाका १ जनालाई उद्धार गरि काठमाण्डौ ल्याइएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यलय अत्तरिया एसपी केदार रजौरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलाको गोकुले अस्पतालमा रहेका घाईते  दार्चुला लेटम ८ का २४ बर्षे  लक्ष्मी कुँवर, २२ बर्षे भुपेन्द्र धामी , ३५ बर्षे  दौलत कुँवर  २५ बर्षे अर्की लक्ष्मी कुँवर, भारत असकोटकी ३० बर्षे मन्जु पाल र डडेल्धुरा दुर्घटनामा घाईते लोप महरालाई बाँकेको कोहलपुर अस्पतालबाट हेलिकप्टरमा काठमाण्डौं ल्याइएको हो । यसअघि सेती अस्पतालमा भर्ना गरिएका डडेल्धुरा दुर्घटनामा परि घाईते भएका पिसी जोन निकेतन स्कुलका प्रिन्सीपल भीम बहादुर बलायर, उनकी श्रीमती सरिता र  छोरी समनी, शिलगढी नगरपालिका–८ देउकरका  महादेव रावत, डडेल्धुरा गन्यापधुरा ३ का सुसील बोहरा, ३० वर्षिय भक्त बहादुर बलायर  र १० वर्षिय नविन बिक गरि ७ जनालाई रिफर गरेको इर्मजेन्सी फाँटका कृष्ण बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिलगढी नपा ४ का संगिता बिक, सेती अस्पतालमै भर्ना गरिएका छन् ।  धनगढी माया मेट्रो अस्पतालमा डडेल्धुरा दुर्घटनाका ४ जनाको उपचार भईरहेको छ । यसैबीच प्रदेश सरकारले डडेल्धुरा र दार्चुलाका घाईतेको उचित स्वास्थ्य उपचारका लागि हेलिकप्टर द्धारा काठमाण्डौं पठाएको प्रेश विज्ञप्ती मार्फत जनाएका छन् । 

डा. केआईसिंह राजमार्गअन्र्तगत डडेल्धुराको रडुवा खोलामा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । २७ जना घाइते भएका छन् । उग्रतारा मन्दिरमा लागेको जात्रामा सहभागीलाई लिएर फर्कदै गरेको से १ क २ सय ९३ नम्बरको स्कुल बस हिजो साँझ सडकबाट ३ सय मिटर तल खसेको थियो ।


प्रतिक्रिया