‘न्याय देउ’ भन्दै धनगढीमा प्रर्दशन

मंसिर २०, २०७५ | धनगढी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाको लागि न्याय माग्दै धनगढीमा प्रर्दशन भएको छ । धनगढीमा स्वतन्त्र नागरिक समाजले सुदूरपश्चिम प्रदेशको मुख्य कार्यालय अगाडि प्रर्दशन तथा मुख्य बजारमा गुड्ने सवारी साधन र भित्तिमा पोष्टर टाँसेका छन् । 

‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लेखिएको निर्मलाको पोष्टरलाई स्वतन्त्र नागरिक समाजका युवा युवतीले बजारमा गुड्ने निजी तथा सार्वजनिक सवारी साधन टाँसेक थिए । उनीहरुले मुख्यमन्त्रीको कार्यालय अगाडिको भित्ताहरुमा समेत पोष्टर टाँसेका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि केहीबेर विरोध स्वरुप प्रर्दशन गरेका थिए । प्रहरीले सुरुमा पोष्टर टाँस्न क्रममा हस्तक्षेप गर्न खोजेको नेतृत्व कर्ता राजबहादुर ऐरले जानकारी दिए ।

प्रहरीका हस्तक्षेपका बावजुद पनि पोष्टर टाँस्ने र मुख्य मन्त्रीको कार्यालय अगाडि विरोध प्रर्दशन गर्न काम सफल भएको ऐरले बताए ।

उनले निर्मला हत्या काण्डका अपराधीलाई नसमात्दा सम्म आन्दोलनलाई विभिन्न रुपमा जारी राख्ने बताए । 


प्रतिक्रिया