धनगढीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

मंसिर २५, २०७५ | धनगढी

कञ्चनपुरकी बालिकाको बलात्कार र हत्या काण्डका दोषी पत्ता लगाउन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि प्रर्दशन गरेका छन् । नेपाल विद्यार्थी संघ, महिला संघ लगायतका कार्यकर्ताले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै नारा लगाएका थिए ।

उनीहरुले मुख्यमन्त्री कार्यालयको मुल गेट अगाडि टायर जलाएर समेत विरोध प्रर्दशन समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबीच मुडभिडको स्थिति सिर्जना भएको थियो ।

पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित प्रर्दशनकारीले १ घण्टा सडक जाम गरेका थिए । १३ वर्षीया बालिकाले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने नेताहरुले बताएका छन् । 


प्रतिक्रिया