दोलखाको उच्च भेगमा हिमपात

पुस १३, २०७५ | दोलखा

दोलखाको उच्च पहाडी क्षेत्रमा हिमपातस‘गै चिसोले जनजीवन प्रभावित भएको छ । सदरमुकाम चरिकोट र अर्को बजार जिरीमा केहीबेर हिउँ फुसफुसाएको थियो । चरिकोटका तापक्रम अपरान्ह माइनस ४ डिग्री पुग्यो ।

घट्दो तापक्रमसंगै चिसोले जनजीवन प्रभावित भएको छ । पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङमा बाक्लो हिमपात भएको छ ।

कालिञ्चोकमा हिमपातस‘गै केबल कार चढ्नेहरु रमाइरहेका होटल सुनपातीका प्रोपराइटर हरि वलीले वताए । बाक्लो हुस्सु र हिउँ फुस्फुसाइरहेको उनले बताए ।


प्रतिक्रिया