प्रदेश २ सरकारले नवजात शिशुको जीवन विमा गरिदिने

पुस १६, २०७५ | जनकपुर

– प्रदेश २ सरकारले आगामी माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेशको ८ जिल्लाबाट एक एक गाउ“पालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने जनाएको छ । तराईमा छोरीलाई गर्भमै भ्रुण हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन विमा गरिदिन लागेको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन विमा गरिदिन लागेको बताउनुभयो । प्रदेश २ सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैंया“ बराबरको विमा गरिदिन लागेको मूख्यमन्त्री राउतले बताउनुभयो ।  

पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरेपनि दोश्रो, र तेश्रो हु“दै चरणवद्ध रुपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घर घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । 

 


प्रतिक्रिया