बस दुर्घटनामा ७ जनाको मृत्यु

माघ ३, २०७५ | पर्वत

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै ३ र उपचारका क्रममा अन्य ४ जनाको मृत्यू भएको हो ।

दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती, सोहि ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना पुरुषको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाईते भएका छन् । १७ जना गम्भिर घाईतेलाई हेलिकोप्टरबाट उद्दार गरि पोखरा लगिएको छ । यात्रु बस तीब्र गतिका कारण बागलुङसँगको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।  

 


प्रतिक्रिया