वन्यजन्तुको निगरानीका लागि क्यामेरा जडान

माघ ५, २०७५ |  दोलखा

तिब्बती सीमाक्षेत्र लप्चेमा वन्यजन्तु निगरानी गर्ने क्यामेराहरु जडान भएका छन् । गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तु तथा जैविक विविधता अध्ययनका लागि क्यामेराहरु जडान गरेको छ ।

क्यामेराहरु दोलखाको लामाबगरदेखि लप्ची क्षेत्रका विभिन्न स्थानहरुमा राखिएको आयोजना प्रमुख सत्यनारायण शाहाले बताउनुभयो । बिगु गाउ‘पालिकास्थित सेतीदेवी संरक्षण वन लामाबगर र मिलारेपा संरक्षण वन लप्चीसम्म घना जंगल छ ।

विभिन्न वन्यजन्तु, पशुपन्क्षीहरुको बसोबार रहेका उक्त क्षेत्रको विवरणहरु क्यामेराले कैद गर्ने र अध्ययन गर्ने आयोजनाको लक्ष्य छ । हाल तीन महिनाका लागि क्यामेराले वन्यजन्तुको चालचलन खिच्ने व्यवस्था मिलाइएको छ ।

उक्त क्षेत्रमा पाइने वन्यजन्तु र वातावरणको शुद्धताबारे क्यामेराले गरेको अनुगमणको आधारमा कार्ययोजना बनाइने प्रमुख शाहाले बताउनुभयो । क्यामेराबाट प्राप्त विवरणहरुको आधारमा आउने चैत महिनामा प्रतिवेदन सार्वजनिक गरिने छ ।

आउने दिनहरुमा संरक्षण क्षेत्र अन्तर्गतका रोल्वालीङ क्षेत्र, सिन्धुपाल्चोक र रामेछापको उच्च हिमाली क्षेत्रमा पनि स्वचालित क्यामेरा राखिने योजना छ ।


प्रतिक्रिया