दोलखामा हिमपात 

माघ ९, २०७५ | दोलखा

दोलखाको उच्च स्थानमा बुधबार बिहानदेखि हिमपात भएको छ । यो वर्षको सबैभन्दा ठूलो हिमपात भएको खरिढुङ्गाका ६६ वर्षीय नजरमान तामाङले बताए । बुधबार बिहानदेखि लामोसॉघु जिरी सडकको खरढुङ्गामा हिमपात भईरहेको छ । तामाङका अनुसार खरिढुङ्गामा २० वर्षलदेखि बाक्लो हिउँ परेको छैन ।

उनका अनुसार त्यो बेला एकतालको घर हिउँले छोपिन्थ्यो । ‘आज राम्रो हिउँ पर्ने संकेत छ‘ बुधबार बिहान डोको बोकर हिँड्दै गरेका उनले भने ।

दोलखाको कालिञ्चोकमा पनि यो वर्षको सबैभन्दा बढी हिमपात भएको होटल सुनपातीका हरि वलीले बताए । त्यहॉ पर्यटकको घुँईचो लागेको छ । हिउँका कारण बाटोमा केही मोटरहरु फसेका छन् ।

शैलुङ र खावाडॉडा तथा रोल्वालिङ हिमश्रृङ्खलाबाट धेरै तलको उचाईमा बाक्लो हिमपात भएको छ । हिमपातले दोलखाको उच्च भेगको जनजीवन भने कठीन भएको छ । हिमपातपछि आलु उत्पादन बढ्ने खरिढुङ्गाका कृष्ण श्रेष्ठले बताए ।


प्रतिक्रिया