सोनाम ल्होछारका दिन प्रदेश ३ मा विदा

माघ २०, २०७५ | हेटौडा

– तामाङ समुदायको वाहुल्य रहेको प्रदेश ३ मा प्रदेश सरकारले २८५५ औं सोनाम ल्होछारको अवसरमा आगामी मंगलबार सार्वजनिक विदा दिएको छ । माघ ९ गतेको निर्णय अनुुसार सोनाम ल्होछार पर्वमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । तामाङ जातीको वाहुल्य रहेको प्रदेश ३ मा तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार रहेकाले सो दिन विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक वरिष्ठ अधिकृतले बताए ।   

ल्होछारको अवसरमा सार्वजनिक विदा दिनुपर्ने भन्दै नेपाल तामाङ घेदुङ संघ सहितका संघसंस्थाले मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले गणतन्त्र नेपालमा सबै जात धर्मको सम्मान हुनुपर्ने र उनीहरुको महत्वपूर्ण चाडपर्वलाई राज्यले सम्मान गर्नुपर्ने माग समेत गरेका थिए । प्रदेश ३ को सरकारले सार्वजनिक विदा दिएको यो दोस्रो पटक हो । यसअघि माघ १६ गते शहिद दिवसको अवसरमा पनि विदा दिएको थियो । 

 


प्रतिक्रिया