मन्त्री अधिकारीसहित मृतक सबैको शव काठमाडौं ल्याउने तयारी

फाल्गुन १६, २०७५ | ताप्लेजुङ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री स्वर्गिय रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सवै ७ जनाको शव काठमाडौं ल्याउने तयारी भएको छ । घटनास्थलमा रहेका बाँकी ३ वटा शव बिहानै सुकेटार विमानस्थल ल्याईएको छ ।

मन्त्री अधिकारीसहितको शव भने हिजै सुकेटार ल्याईएको थियो । वर्षा र हिउँका कारण दुुर्घटनामा मृत्यु भएका ७ मध्ये ४ जनाको मात्र शव सुकेटार ल्याउन हिजो सम्भव भएको थियो । घटनास्थलबाट शव बोकेरै ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान मात्र सेनाको हेलिकप्टरले शव सुकेटार विमानस्थलमा पु¥याइएको हो ।

मौसमको अनुकुलता हेरेर काठमाडौं पठाइने तयारी गरिएको ताप्लेजुङका प्रहरी नायब उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । बिहानैबाट मौसममा सुधार नभएपछि शव काठमाडौं ल्याउन समस्या भएको थापाको भनाई छ । 

यसैबीच, नेकपाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने तयारी भएको छ । उहा“को अन्त्यष्टि भने पोखरामा हुने नेकपाको भनाई छ । पोखराका स्थायी वासिन्दा अधिकारी प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्थ्यो ।  

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा दिउँसो साढे एक बजेतिर दारेभीरमा दुर्घटनामा परेको थियो ।  


प्रतिक्रिया