बेनी–जोमसोम–कोरला सडकमा पुल निर्माण सुस्त

फाल्गुन १७, २०७५ | म्याग्दी

 कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत म्याग्दीको बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकखण्डको विभिन्न नदी तथा खोलामा निर्माणधीन पुलको काम सुस्त छ । आयोजना अन्तर्गत, विभिन्न स्थानमा ३२ वटा पक्की मोटररेवल पुल बनाउने भनिएपनि कामले गति लिन सकेको छैन ।

२०७७ असारसम्म बेनी–जोमसोम–कोरला सडकमा सहज रुपमा यातायात सञ्चालन गर्ने भनिएपनि अधिकांश पुलको अझै डिजाईन गर्ने र ठेक्का लगाउने प्रकृया सुरु भएको छैन । बेनी–जोमसोम–कोरला सडकमा निर्माण हुने ३२ वटा पक्की पुल मध्ये मुस्ताङ् सदरमुकाम जोमसोम र चैलेमा गरी कालीगण्डकी नदीमाथि २ वटा मात्र पुल निर्माण सम्पन्न भएका छन् ।

बाँकी ३० वटा मध्ये निर्माणाधीन १४ वटा पुलको काम गति पनि सुस्त छ भने बाँकी १६ वटा पुलको अझै डिजाईन गर्ने र ठेक्का प्रकृया समेत सुरु भएको छैन । 

आयोजनाका इन्जिनियर जगत प्रजापतिले कालीगण्डकी नदी बाहेकका साना खोलामा पुल तथा कल्भर्टको काम भइरहेको बताउनुभयो । सडक आयोजना एउटै भएपनि पुल निर्माणमा भने तीन छुट्टाछुट्टै आयोजनाले होडबाजी गरिरहेका छन् ।

३२ पक्की पुल मध्ये डोलिडार, सडक विभागकै पुल आयोजना सेक्टर ३ पाल्पा र कालीगण्डकी करिडोर सडक आयोजनाबीच पुल आफ्ैले निर्माण गर्न हानथाप हुने गरेको छ । 


प्रतिक्रिया