म्याग्दी अब हिमाली जिल्ला

फाल्गुन १८, २०७५ | म्याग्दी

म्याग्दी अब हिमाली जिल्लामा समावेश भएको छ । अन्नपूर्ण, बराह शिखर, निलगिरी साउथ, धौलागिरी श्रृखला, गुर्जा, चुरेन हिमाल अवस्थित म्याग्दी हिमाली जिल्लाबाट छुटेको थियो ।  यस अघि २० वटा हिमाली जिल्ला रहेकोमा म्याग्दी थपिएसँगै अब हिमाली जिल्लाको संख्या २१ पुगेको छ ।

राष्ट्रिय सभाले केही नेपाल ऐन संशोधन गर्न वनेको विधेयक २०७५ लाई शनिबार स्वीकृत गरेसँगै म्याग्दी हिमाली जिल्ला बनेको हो । प्रतिनिधि सभाबाट यस अघि नै अनुमोदन भैसकेको विधेयक राष्ट्रपतिले स्वीकृत भएपछि लागू हुनेछ । 

‘हिमाल नै हिमाल रहेको र अति दुर्गम रहेर पनि म्याग्दी छुटेको थियो । अब हिमाली जिल्लामा समावेश भएको छ’ प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले भन्नुभयो,  ‘राष्ट्रपतिबाट लालमोहर लागेपछि कार्यान्वयनमा आउने छ । अव कर्मचारी नवस्ने समस्या हल हुने विश्वास छ ।’


प्रतिक्रिया