सिके राउतसँगको सम्झौता सरकारको 'अपरिपक्क निर्णय' : वरिष्ठ नेता पौडेल

फाल्गुन २९, २०७५ | अर्घाखाँची

- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सम्झौता अपरिपक्व निर्णय भएको बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँग उहाँले सम्झौतामा उल्लेख गरिएका बुँदा हस्ताक्षर गर्ने खालको नै नभएको दावी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रता र अखण्डताको सवालमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने नेता पौडेलको माग छ । हस्ताक्षरित बुँदाहरु आफैंमा अस्पष्ट भएको भन्दै उहाँले सरकारको अपरिपक्क निर्णयले राष्ट्रिष्तामाथि गम्भीर असर पर्ने उल्लेख गर्नुभयो ।

सहमति लगत्तै जनकपुरमा सीके राउत समुहले गरेको प्रदर्शनप्रति इङ्गीत गर्दै नेता पौडेलले सरकारले जनतालाई झुक्काएको बताउनुभयो । पौडेलले नेक्र वित्रम चन्द नेतृत्वको नेकपालाई शान्ति प्रक्रियामा ल्याउन छाडेर सरकारले देशाई अशान्ति र द्वन्द्वमा फसाएको आरोप लगाउनुभयो । 

 


प्रतिक्रिया