तल्लो मोदीखोला जलविद्युत आयोजना आगलागी

चैत्र ४, २०७५ | पर्वत

- पर्वतको कुश्मा नगरपालिका, ८ परादीमा निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाको पेनस्टकमा आगलागी भएको छ । आयोजनाको सुरुङदेखि पावर हाउससम्म पानी पठाउने पेनस्टक पाइपभित्र आगलागी हुँदा ३ कामदार घाइते भएका छन् ।

पेनस्टक पाइपभित्र रङ लगाउँदै गरेका अनिल विश्वकर्मा,  विजय पचभैया र चन्दनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कुश्मा अस्पतालमा उपचार भइरहेको छ । विद्युत सर्ट भई ३ सय ५० मिटर लामो पाइपभित्र आगालागी भएको आयोजना प्रमुख पवन यादवले बताउनुभयो ।

पाइपभित्र आगलागी भएपछि आयोजनाको उत्पादन मिति केहि दिनका लागि लम्बिएको छ । कुश्मा नगरपालिकाको दमकल, नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले करिव ३ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको हो ।

पावर हाउसका अन्य उपकरणमा भने आगलागीबाट कुनै क्षती नभएको आयोजना प्रमुख यादवले बताउनुभयो । यसै सातादेखि परिक्षण उत्पादन गर्ने लक्ष्य रहेकोमा अझै केही समय लाग्ने अनुमान प्राविधिकको छ ।  

 


प्रतिक्रिया