फोहोर गरेको भन्दै बाबुद्वारा छोराको हत्या 

वैशाख १२, २०७६ | दोलखा

अपाङ्ग छोराको हत्या आरोपमा दोलखाको शैलुङ गाउँपालिका - ४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी पक्राउ परेका छन् । हिँड्डुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई जताततै फोहर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले अपाङ्ग छोरा बेदबहादुरको टाउकामा हथौडाले हानेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । मृत्यु पश्चात कम्बलमा पोको पारी खहरे खोलामा फालिएको पनि उल्लेख छ ।

बैशाखको सुरुवाती देखि बोल्न नसक्ने र हिँड्न नसक्ने बेदबहादुरलाई नदेखेपछि शंका लागि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बेदबहादुरले घस्रंदै जताततै दीसा पिसाब गरेको कारण हत्या भएको हुन सक्ने प्रहरीको भनाई छ ।


प्रतिक्रिया