नापी विभागको टोली सगरमाथा नजिक 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली साउथ पोलमा पुगेको छ । आजै बिहान सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य सहित चढेको टोली मौसमका कारण साउथ पोलमा रोकिएको नापी विभागका निर्देशक दामोदर ढकालले जानकारी दिनुभयो । टोली गत शुक्रबार आधार शिविरबाट चुचुरोका लागि हिंडेको थियो ।

मौसम अनुकुल भए आजै अपरान्ह २ बजेसम्ममा चुचुरोमा पुग्ने टोलीको लक्ष्य छ । टोली गत चैत्र २७ गते सगरमाथाको आधार शिविर पुगेको थियो । सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जीपीआर नामक उपकरण समेत लगिएको निर्देशक ढकालले बताउनुभयो । सगरमाथाको उचाई नाप्नका लागि चुचुरोमा एउटा टोली र अन्य ८ स्थानमा प्राविधिकको टोली खटाइएको छ ।

सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न लागिएको हो । समुन्द्री सतहबाट शुरु गरिएको मापन कार्यले ६ महिनामा मात्र पूर्णता पाउनेछ । 

 


प्रतिक्रिया