वनै खायो किराले

जेष्ठ ११, २०७६ | दोलखा

- दोलखाको मेलुङ गाउँपालिकास्थित जगलका बोट विरुवाहरुमा उम्रिने तर जवान हुन नपाउँदै पात झर्ने र मक्किएर ढल्ने समस्या देखिएको छ । जसका कारण जंगल दिनानुदिन पातलिन थालेको छ । केही बुढा रुखहरु समेत आफैँ मक्किएर ढल्न थालेका छन् ।

ढलेका सानाठूला रुख विरुवा कुहिएपछि संक्रमण अन्य वोट विरुवामा पनि पर्दै गएको छ । २०७२ को भूकम्पपछि रैथाने वनस्पतिामा समस्या सुरु भएको मेलुङ गाउँपालिका— ३ का वडाअध्यक्ष हिरा थोकरले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘भूकम्पपछि जंगलमा यस्तो रोग देखियो ।’ भीमेश्वर नगरपालिकास्थित लाकुरीडाँडाका वनमा पनि रुख ढल्ने समस्या देखिएको छ  ।

 गाउँपालिका—३ र ४ स्थित शैलुङ क्षेत्रका जंगलमा रोग फैलिँदो छ । भूकम्पपछि सो क्षेत्रका पाँच हजार भन्दा बढि साना ठूला ठिंग्रे सल्लाका रुख समेत ढलिसकेका छन् । अन्य जातमा बोट विरुवामा पनि पनि किराको आक्रमण सुरु भैसकेको वन उपभोक्ता कृष्ण कार्कीले बताउनुभयो । 


प्रतिक्रिया