प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

असार १८, २०७६ | रुपन्देही

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको छ । चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले आजसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीले दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मुख्यमन्त्री पोखरेलको विश्वास छ । गभर्नर यीनलीले भने दुई देशबीचको सम्बन्ध धेरै पुरानो रहेको र प्रदेशसँगको समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताउनुभयो ।

भ्रमण दलका सदस्य एवं मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार गभर्नर लीलाई पोखरेलले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । चीनको सिचुवान कृषिको व्यवसायिक विकास र पर्यटन प्रवर्धनमा अग्रणी छ ।  


प्रतिक्रिया